काठमाण्डौ । धादिङकी एरिका गुरूङ राखेपको वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित हुनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित हुनुभएको हो ।
एरिकासँगै टेबल टेनिसका स्यान्टु श्रेष्ठ पनि वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित हुनुभएको छ ।
भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड दिनुभएको छ ।
एरिका र स्यान्टु दुवैले समान १ लाख रुपैयाँ प्राप्त गर्नुभयो ।
धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिकाले गएको वर्ष चीनको हाङजाउमा भएको १९औँ एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्नुभएको थियो ।
त्यस्तै उहाँले १०औँ सितोरियो कराते विश्व च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो ।
स्यान्टु पेरिस ओलम्पिक्समा छनोट हुने तेस्रो नेपाली खेलाडी हुनुहुन्छ।अहिले स्यान्टु अष्ट्रेलियामा रहेको कारण उहाँको बुवाले अवार्ड ग्रहण गर्नुमयो।
वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डबाट पलेशा गोवर्धन सम्मानित हुनुभएको छ ।
पलेशाको अभिभावक र प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ ।
यस्तै वर्ष उत्कृष्ट महिला जुनियर खेलाडीबाट एथलेटिक्सका देवकी कुमारी धामी र वर्ष उत्कृष्ट पुरूष जुनियर खेलाडीबाट क्रिकेटका दिपेश कडेल सम्मानित हुनुभएको छ।
नेपाल कराते महासङ्घ उत्कृष्ट सङ्घ बनेको छ । खेल पत्रकारिता अवार्डबाट अनिल मल्ल ठकुरी र नमिता दाहाल सम्मानित हुनुभएको छ । तस्बिर :राष्ट्रिय खेलकुद परिषद
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |