

नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको खेलतालिका सार्वजनिक भएको छ ।
आईसीसी विश्वकप लिग दुई अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डको सहभागिता रहने प्रतियोगिता कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ ।
श्रृङ्खलामा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
श्रृङ्खलाको सबै खेल अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन प्रेरि भ्यूमा हुनेछ । सबै खेल नेपाली समयअनुसार राति सवा १० बजे शुरु हुनेछ ।
लिग दुईको एक दिवसीय श्रृङ्खलापछि तीनै टोलीबीच टी ट्वान्टी श्रृङ्खला पनि हुनेछ ।
क्यानडा र ओमानसँगको त्रिदेशीय एकदिवसीय श्रृङ्खलाका लागि अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडामा छ । यो श्रृङ्खला भदौ ३१ देखि असोज १० गतेसम्म हुनेछ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |