

नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आज आठ मार्की खेलाडीको लक्की ड्रबाट फ्रेन्चाईजी छनौट गरिएको छ ।
जस अनुसार मार्की खेलाडी करण केसी काठमाडौँ फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।
त्यस्तै मार्की खेलाडी कुशल पोखरा फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।
त्यसैगरी मार्की खेलाडी कुशल मल्ल चितवनबाट खेल्ने भएका छन् भने मार्की खेलाडी सन्दीप लामिछाने विराटनगर फ्रेन्चाईजीबाट खेल्ने भएका छन् ।
त्यस्तै मार्की खेलाडी रोहित पौडेल लुम्बिनीबाट खेल्ने भएका छन् भने मार्की खेलाडी आसिफ सेख जनकपुर टिमबाट खेल्ने भएका छन् ।
त्यस्तै मार्की खेलाडी सोमपाल कामी कर्णालीबाट र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी सुदूरपश्चिम फ्रेन्चाईजीबाट खेल्ने भएका छन्।
मार्की खेलाडीले २० लाख पारिश्रमिक पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना गर्ने एनपीएलका आठ मार्की खेलाडीले हरेकले २० लाख पारिश्रमिक पाउने क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो ।साथै पारिश्रमिक बाहेक मार्की खेलाडीलाई फ्रेन्चाईजीले बोनस तथा अन्य थप रकम दिन सक्ने बताउनुभयो ।
एनपीएलको नेपाली खेलाडीको अक्सन दशैँ अगाडी नै हुने सचिव खड्काले बताउनुभयो।
उहाँले विदेशी खेलाडीहरुसँग अहिले समन्वय भएको र फ्रेन्चाईजीहरुलाई विदेशी खेलाडी भित्र्याउने स्वतन्त्रता दिइएको बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |