

धादिङ । निलकण्ठ नगरपालिका वडा नं.१४ धुवाकोटमा चौथो खुल्ला सेभेन ए साइड नक आउट फुटवलसँगै खुला मिनिम्याराथन दौड प्रतियोगिता हुने भएको छ ।
कुपा युवा समाज निलकन्ठ १४ धुवाकोटको आयोजनामा विजयादशमी तथा शुभ दीपावलीको अवसरमा आउँदो असोज २३ गतेदेखी कात्तिक १ गतेसम्म फुटवल तथा खुला १० किलोमिटर मिनिम्याराथन दौड प्रतियोगिता हुने क्लबका अध्यक्ष हर्क गुरुङले जानकारी दिनुभयो ।
फुटबलको बिजेताले नगद ६६ हजार ६६६ सहित ट्रफी,मेडल र प्रमाणपत्र, उपबिजेताले ३३ हजार ३३३ सहित ट्रफी,मेडल र प्रमाणपत्र र सेमिफाईनल प्रवेश गर्ने टिमले नगद १० हजार पाउने आयोजकले जनाएको छ ।
साथै उत्कृष्ट खेलाडी, किपर, उच्च गोलकर्तालाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
फुटबल प्रतियोगितामा सहभागीको लागि टिम दर्ता शुल्क ६ हजार तोकिएको छ ।
यसैगरी मिनिम्याराथन दौड प्रतियोगिता तर्फ प्रथम पुरस्कार २२ हजार सहित प्रमाण पत्र र मेडल र द्धित्तिय पुरस्कार ११ हजारसहित हित प्रमाण पत्र र मेडल र उत्कृष्ट चारलाई विशेष पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ खेलकुद मार्फत सबै खेलप्रेमी साथै ग्रामिण भेगमा लुकेर बसेको प्रतिभाहरु लाई प्रस्फुटन गर्नको लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अरुण गुरुङले जानकारी दिनुभयो ।
फुटवल असोज २३ गते सुरु भइ कात्तिक १ गते समापन हुने र दौड प्रतियोगिता कात्तिक १ गते कोजाग्रत पुर्णिमा को दिन हुने बताईएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |