

धादिङ । सदरमुकाम धादिङबेशीमा नीलकण्ठ नगरपालिका र पत्रकार महासंघविच भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकार समूह विजयी भएका छन् ।
बिहिबार धादिङबेशीमा रहेको फुटसल एकेडेमीमा संविधान दिवसको अवसरमा भएको मैत्रीपूर्ण खेलमा पत्रकार समूह एक गोल अन्तरले विजयी भएका हुन् ।
खेलमा पत्रकारको समूहले १४ गोल र नीलकण्ठ नगरपालिकाले १३ गोल गरेका थिए ।
संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो ।
‘नीलकण्ठ नगरपालिका तथा हामी कर्मचारी र राज्यको चौथो अंग पत्रकारहरुविच अझै सम्बन्ध प्रगाढ बनाउन यो मैत्रीपूर्ण फुटसल खेलले ठूलो भूमिका खेलेको छ । आगामी दिनमा पनि हरेक क्षेत्रमा समझदारी तथा समन्वय गरिने छ’ उहाँले भन्नुभयो ‘खेल हो हारजित त भइ हाल्छ । तर खेलले आत्मियता र सम्बन्धमा थप प्रगाढ बनाएको छ । आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरेका छौं ।पत्रकार मित्रहरु र नेपाल पत्रकार महासंघप्रति हामी आभारी छौं ।’
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले संविधान दिवसको अवसरमा पत्रकारसँग नीलकण्ठ नगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण खेलले प्रतिस्पर्धा भन्दा पनि स्थानीय सरकार र सञ्चार माध्यम तथा पत्रकारविच हरेक क्षेत्रमा संगसँगै रहेको सञ्देश दिएको बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |