

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले बिहीबार सार्बजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७५औँ स्थानमा थियो।
दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औँ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औँ स्थानमा छ ।
त्यसैगरी दुई स्थान तल झर्दै भुटान १८४औँ स्थानमा छ भने दुई स्थान तल झरेर बंगलादेश १८६औँ स्थानमा पुगेको छ । त्यसै गरि पाकिस्तान १९७औँ स्थानमा र पाँच स्थान सुधार गर्दै श्रीलंका २००औँ स्थानमा छ ।
फिफा वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायमै रहेको छ ।
फिफा वरियताको शिर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन। जसमा दोस्रोमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा ईङल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा बेल्जियम, सातौंमा नेदरल्याण्डस, आठौमा पोर्चुगल, नवौंमा कोलोम्बिया र दशौँमा इटाली रहेका छन् । एशियाबाट जापानले २ स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |