

धादिङ । थांक्रे गाउँपालिका वडा नम्बर ६ महादेवबेशीमा आजदेखी राष्ट्रिय भेटेरान चेस प्रतियोगिता सुरु हुँदै छ।
नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको आयोजना तथा थांक्रे गाउँपालिकाको सहयोगमा आजदेखि ७ गतेसम्म राष्ट्रिय प्रतियोगिता सुरु हुन लागेको हो ।
प्रतियोगितामा ५० वर्ष उमेर माथिका खेलाडीहरु प्रतिस्पर्धामा रहने धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीले बागमती कलमलाई जानकारी दिनुभयो।
छैठौं राष्ट्रिय सिनियर बुद्धिचाल प्रतियोगितामा पहिलो हुनेले ४० हजार नगद ट्रफी र मेडल पाउने छन् ।
दोश्रो, तेस्रो, चौथो, पाँचौ हुनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, आठ हजार र हुनेले २० हजार, तेश्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार छैटौं र छैटौ तथा सातौं हुनेले ५र५ हजार नगद पुरस्कार पाउने छन् ।
यसैगरी भोलिदेखी जिल्ला स्तरीय प्रतियोगता पनि सुरु हुँदैछ।
असोज ६ देखि ७ गते महादेवबेशीसीमा जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष विकास कार्कीले बताउनुभयो।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
जिल्ला स्तरीय चेस प्रतियोगितामा सबै उमेर समूहका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |