धादिङ । सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ।
आईतबार स्कुलमा तेक्वान्दो डोजाङद्धारा पहिलो ग्रेडिङको आयोजना गरेको हो ।
सहभागी कुल ६४ जना खेलाडीलाई ह्वाइट बेल्टबाट यल्लोे बेल्टमा ग्रेडिङ प्रदान गरिएको आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले बागमती कलमलाई जानकारी दिनुभयो ।
खेलाडीहरुलाई जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख एवम धादिङ जिल्ला तेक्वान्दो संघका संस्थापक रमेशमान तुलाधरले ग्रेडिङ प्रदान गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका तुलाधरले नेपालमा तेक्वान्दो खेलको लोकप्रियता बढ्दै गएको बताउनुभयो । यो खेल हात र खुट्टा दुवैले खेलिने र एक प्रकारले पुर्ण शरिरको स्फूर्तिका लागि अभ्यास हुने बताउनुभयो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोइरालाले खेलकुदको माध्यमबाट आफु,आफ्नो परिवार, जिल्ला,प्रदेश र राष्ट्रलाई चिनाउन ठुलो भूमिका रहने बताउनुभयो ।
उहाँले खेलाडी विधार्थी बाबु नानीहरुको बौद्धिक स्तर बृद्धि भई स्वास्थ्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
यस्तै विद्यालय प्रधानाध्यापक आश वहादुर गुरुङले खेलले अनुशासन र मर्यादाको पाठ सिकाउने बताउनुभयो ।
कार्यक्रममा धादिङ जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष डेनिड वि.क, सहसचिव गौतम श्रेष्ठ,धादिङ जिल्ला भलिबल संघका सदस्य महेन्द्र ढुङ्गानाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा खेलाडीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।
खेलाडीहरुलाई स्कुलका ४ डान तेक्वान्दो प्रशिक्षक शालिकराम सिलवालले प्रशिक्षण गराउनुभएको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |