धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा आजदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।
तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।
खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा हुने प्रतियोगितामा हालसम्म ८ वटा टिम दर्ता भएको र टिम दर्ता जारी रहेको आयोजकले जनाएको छ ।
दर्ता गर्न बाँकी टिमको लागि मध्यान्ह १२ बजे सम्मको समय तोकिएको आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिताको गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले उद्घाटन गर्ने कार्यतालिका रहेको आयोजकले बताएको छ ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने गुरुङले बताउनुभयो ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुने टिममा खेलाडी संख्या १२ जना (९ जना एउटै पालिकाको हुनुपर्ने), टिम कोच १ जना र टिम म्यानेजर १ जना हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ ।
तमु युवा समाजले हरेक बर्ष दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस बर्ष भने स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप आयोजन गर्न लागेको हो ।
तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका अध्यक्ष एवम नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।
यस्तै धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन स्व.मनोज श्रेष्ठको गत बर्ष नलाङस्थित खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो। टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।
यसैगरी प्रतियोगिताकै क्रममा समापनको दिन २९ गते नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना तथा तमु युवा समाजको सह आयोजनामा रक्तदान कार्यक्रम पनि हुने भएको छ ।
रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा २९ गते बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म रक्तदान कार्यक्रम हुने नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाका सभापती एवम धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) ले बागमती कलमलाई जानकारी दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |