धादिङ । सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेभञ्याङमा जारी पालिकास्तरीय भलिबल प्रतियोगिताको फाईनल खेल भोलि हुने भएको छ ।
तमु युवा समाज सिद्धलेक-२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता आज एक क्वाटरफाइनल खेल बाहेक सम्पूर्ण चरणका खेलहरु सकिएको छ ।
जसअनुसार दुप्चेश्वर गाउँपालिका नुवाकोट, ज्वालामुखी गाउँपालिका धादिङ, मनकामना समाज सुधार युवा क्लव धादिङ सेमिफाईन प्रवेश गरेका छन् ।
बाँकी रहेको एक क्वाटरफाइनल खेल सिद्धलेक बराम समाज र गण्डकी गाउँपालिका टिम ए बिचको खेल भोलि बिहान ७ बजे हुने र लगतै सेमिफाइनलका खेल सुरु हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार फाइनल खेल दिउँसो ३ बजे हुने छ।
यसैगरी प्रतियोगिताको समापन गर्न बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा आउने भएका छन् ।
सिद्धलेक गाउँपालिकाको वडा नं ३ स्थित इटपानीमा रहेको सिद्धलेक आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्न आउने क्रममा भलिबल प्रतियोगिता पनि समापन गर्ने कार्यतालिका रहेको आयोजकले बताएको छ।
खिर्रेस्थित नलाङ पात्ले मा.विको खेल मैदानमा आईतबारदेखी सुरु भएको प्रतियोगितामा धादिङ, नुवाकोट र गोरखाका गरी ९ टिम सहभागी थिए ।
प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
तमु युवा समाजले हरेक बर्ष दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस बर्ष भने स्व.लोक बहादुर गुरुङ र स्व.मनोज श्रेष्ठ स्मृती कप आयोजन गरेको हो ।
तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका अध्यक्ष एवम नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो ।
यस्तै धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन स्व.मनोज श्रेष्ठको गत बर्ष नलाङस्थित खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो। टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |