

काठमाण्डौ । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोजले खेल्ने भएका छन् ।
फाइनल खेल आज दिउँसो साढे ४ बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ ।
हिजो भएको सेमिफाइनलमा माल्दिभ्सको क्लब एचडीसीलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँगको फाइनल भेट पक्का गरेको हो ।
हेल्प नेपालले पहिलो सेट २५-१६, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ ले जित्यो ।
त्यसअघि इरानको १८ वर्षमुनिको टोलीलाई ३–१ ले हराउँदै क्यालिकट च्याम्पियनशिपको फाइनलमा पुगेको थियो । इरानको युवा टोलीले पहिलो सेट २५–२१ ले जित्यो ।
क्यालिकट हिरोजले दोस्रो सेट २५–२२, तेस्रो सेट २५–२० र चौथो सेट २६–२४ ले जित्यो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |