

धादिङ ।सावित्रा कोईरालाको अध्यक्षतामा नीलकण्ठ नगर स्तरीय महिला स्वास्थ्य स्वयंसेविका समिति गठन गरिएको छ।
शुक्रबार धादिङबेशीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको संगठन विस्तार कार्यक्रम गरि कोईरालाको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरिएको हो।
कार्यसमितिको उपाध्यक्षमा समिता मगर, सचिवमा कमला तामाङ,सहसचिवमा कमला श्रेष्ठ र कोषाध्यक्षमा मिरा आले मगर चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सावित्री थापा मगर, कमला वरुवाल, गिता श्रेष्ठ, एन्जिला श्रेष्ठ,अनुष्का घिमिरे,सर्मिला घिमिरे, लक्ष्मी श्रेष्ठ, एन्जिला श्रेष्ठ र एन्जिला तामाङ रहनुभएको छ ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले महिला स्वास्थ्य स्वयंसेविकाहरुले ईमान्दारीपूर्वक समुदायमा काम गर्दै आएको बताउदै नगरपालिकाले खाजा खर्च वापत वर्षको ३ हजार प्रदान गर्ने बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा नीकलण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले समुदाय स्तरमा बालमृत्युदर घटाउनुका साथै विभिन्न स्वास्थ्य सम्बन्धी सचेतनाहरु जगाउन महिला स्वास्थ्य स्वयंसेविकाहरुले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभएको छ।
नेपाल स्वास्थ्य स्वयमंसेवक संघका केन्द्रीय अध्यक्ष वसन्ती महर्जनको अध्यक्षता भएको कार्यक्रममा नगरपालिका भित्रका सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |