

काठमाण्डौ । नेपालमा मङ्कीपक्सका सम्भावित एक जना सङ्क्रमित भेटिएका छन् ।
साउदी अरबबाट फर्किएका ती नेपाली नागरिकमा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।
यसअघि गएको असारमा नेपाल आएकी एक जना विदेशी महिलालाई पनि मङ्कीपक्स पुष्टि भएको थियो । तर नेपालीलाई मङ्कीपक्सको मिल्दोजुल्दो लक्षण देखिएको यो पहिलो पटक हो ।
मङ्कीपक्स एक सरुवा रोग हो ।
मङ्कीपक्स भाइरस मानिसबाट मानिसमा थुकको छिटा, मुखलगायतको माध्यमबाट सर्ने गर्छ । सरुवा रोग विशेषज्ञका अनुसार ज्वरो आउनु, चिसो लाग्नु, टाउको र मांसपेशी दुख्नु, थकान महसूस हुनु, लिम्फ नोडहरू सुन्निनु लगायत मङ्किपक्सका प्रारम्भिक वा सामान्य लक्षण हुन् ।
कतिपय अवस्थामा अनुहारबाट शुरू भई हात–खुट्टासम्म फैलिने दागहरू विकास हुने गर्छ । केही बिरामीमा थोरै घाउ तथा हल्का पीडा महसूस भए पनि केही बिरामीमा शरीरभरि दाना तथा गम्भीर लक्षण देखिन सक्छन् ।file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |