

धादिङ । रुबीभ्याली गाउँपालिका–४ रबास्थित गल्गडाँडा कोच्चोङ भिरमा पहिरो गएपछि २२ घर उच्च जोखिममा परेको छ।
गाउँमाथि अवोइबाट सेर्तुङतर्फ सडक लगिएको बाटो कोच्चोङ भिरमा पहिरो खस्दा गाउँनै जोखिममा परेको स्थानीय विवेक तामाङले जानकारी दिनुभयो।
प्रभावितहरु घरबार सबै छोडेर गोठको बास बिताइरहेका र पहिरोले सबै बाली नष्ट भएको उहाँले बताउनुभयो । पहिरो गएको स्थानमा ५ घरमा क्षति पुगेको छ । ती परिवार नजिकै गाउँमा आश्रय लिएर बसेका छन् ।
उहाँले पीडितहरुको समस्या समाधान गरी राहत उपलब्ध गराउन स्थानीय सरकारलाई अनुरोध गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले वडा अध्यक्ष मार्फत ५ घरमा क्षति पुगेको जानकारी आएको भन्दै पालिकालाई त्रिपाल उपलब्ध गराउन आग्रह गरिएको बताउनुभयो ।
पीडितहरुले भने स्थानीय सरकारले वास्ता नगरेको बताएका छन् ।
यसैगरी साङ्कोस तिप्लिङ सडक खण्डका विभिन्न ठाउँमा पहिरोले अवरोध भएको छ। हाल धादिङबेसीबाट खनियाबासको तरमानेसम्म सवारी चलिरहेको र यसबाहेकका क्षेत्रमा सडक अवरुद्ध रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |