

धादिङ-त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रमणी न्यौपानेले तालुक मन्त्रालयहरुको निर्देशन विपरित कार्यक्षेत्र छोड्नु भएको छ ।
नेपाल सरकारको गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर अनुमति बिना कार्यक्षेत्र नछोड्न जारी गरेको निर्देशनको अटेर गर्दै त्रिपुरासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत न्यौपाने कार्यक्षेत्र बाहिर रहनुभएको छ ।
निर्देशन अनुसार मनसुन अवधिभर सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले कार्यक्षेत्र छोड्नै पर्ने अवस्था आएको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमतिमा मात्रै कार्यक्षेत्र छोड्न पाउनेछन् ।
तर, न्यौपानेलाई कार्यक्षेत्र छोडेर कहीकतै जान अनुमति नभएको धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । कार्यक्षेत्र छोड्नु भएको भन्ने सुन्नमा आएको तर जानकारी नभएको प्रजिअ पाण्डेले बताउनुभयो ।
असार २५ गते मंगलबार गृह मन्त्रालयले अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतहरुले स्थानीय तह नछोड्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिएको निर्देशनसँगै सामान्य प्रशासन मन्त्रालयले मनसुनको प्रभाव देशैभर फैलिरहेको र विभिन्न ठाउँमा बाढी, पहिरो, चट्याङ जस्ता दैवी प्रकोप सामना गर्नुपरिरहेको अवस्थामा स्थानीय विपद् व्यवस्थापन समितिले पूर्वतयारी, प्रतिकार्य र राहत उद्धारमा सानो कमजोरीले अकल्पनीय धनजनको क्षति हुन सक्ने र सरकारप्रति नागरिकको विश्वासमा समेत क्षयीकरण हुन जाने भन्दै देशभरका प्रमुख प्रशासकीय अधिकृतहरुलाई आदेशसहित पत्र पठाएको थियो ।
पत्र पठाएकै दिनबाट पाँच दिनको लागि न्यौपाने प्रमुख जिल्ला अधिकारीको अनुमति नलिईकनै कार्यक्षेत्र छोडेर बाहिरिनुभएको छ।
गाउँपालिकाका शिक्षा अधिकृत चम्पा भट्टलाई निमित्त दिएको बुझिएको छ ।
गाउँपालिकाका अध्यक्षलाई समेत आधिकारिक जानकारी नदिएको र वर्षातको बेला आइपर्नसक्ने विपद्का घटना र नागरिकलाई वेवास्था गर्दै असारे मेलोको मैजारो गर्न काठमाडौं हुँइकिएको भन्दै सामाजिक संजालमा सांकेतिक रुपमा विरोध भइरहेको छ ।
गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको निर्देशन







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |