

धादिङ । कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनाको हर्पन खोलामा डुबेर धादिङका एक युवकको मृत्यु भएको छ।
त्रिपुरासुन्दरी गाउँपालिका-७ लपाङ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा बस्दै आएका २५ वर्षीय सन्तोष सिंखडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
मंगलबार दिउँसो करिब २ बजे पोखरा २३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता भएका सिंखडाको मंगलबार दिउँसो ३ः२० बजे शव भेटिएको प्रहरीले जनाएको छ।
घटना पछी वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं.२४ हेडक्वाटर कालिकाबाट उद्दार टोलीले खोजी गरेको थियोे ।
सशस्त्र प्रहरीको गोताखोरसहितको विपद् व्यवस्थापन टोलीले झण्डै २० फिट गहिराईबाट उहाँको शव बाहिर निकालेको थियो।
सिंखडाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौँ बस्दै आएका सन्तोष एक सातादेखि पोखरामा बस्दै आएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |