

धादिङ । नीलकण्ठ नगरपालिकाका वडा सदस्यहरुलाई स्थानीय अनुकुलन कार्ययोजना “लापा” फ्रेमवर्क सम्बन्धी अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिएको छ।
टिडिएच जर्मनको सहयोगमा समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)ले बिहिबार धादिङबेसीमा वडा सदस्यहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरेको हो ।
“लापा” को बारेमा जानकारी दिइ स्थानीय सरकारले स्थानीय अनुभवमा आधारित भएर अनुकुलनका योजनाहरु बनाउन सघाउने र अनुकुलन योजनाका बारेमा पैरवी गरि स्थानीय सरकारको प्राथमिकतामा पारेर योजनाहरुमा समावेश गर्न अभिमूखिकरण आयोजना गरिएको थियो ।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका वडा सदस्यहरु, नीयलकण्ठ नगर युवा संजालका सदस्यहरुले अनुभवहरु जानकारी गराउँदै फोहर व्यवस्थापन, विषाधीको अत्याधिक प्रयोग, भौतिक निर्माणले वातावरणमा पारेको प्रभाव, अनियमित वर्षा, सुख्खा खडेरी, डँडेलो, विपदका बारेमा स्थानीय सरकारका तयारीका बारेमा कार्यक्रममा सहभागिहरुले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष शालिकराम दुवाडी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सीताराम अधिकारी, लोकल टु ग्लोबल परियोजनाका परियोजना संयोजक छिरिङ डोल्मा लामा, पैरवी संयोजक सबिन शाक्य लगायतले “लापा” फ्रेमवर्क, स्थानीय सरकारको भूमिका, जनताका सवाल र अनुभव तथा नागरिकले अनुकुलन योजनाका बारेमा थाहापाउनुपर्ने विषयमा जानकारी दिनुभएको परियोजनाका जिल्ला युवा अधिकृत इश्वरी कोइरालाले बताउनुभयो ।
लापा फ्रेमवर्कको बारेमा यस अघि नगरपालिकाको वडा अध्यक्षहरु,महिला जनप्रतिनिधिहरुलाई पनि अभिमुखीकरण गरिसकिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |