

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक खण्ड १३ गते शनिवारसम्म आंशिक बन्द हुने भएको छ ।
सडक आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार पर्सि ७ गते आइतवारदेखि नौबिसे–मुग्लिन खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटी मोड सुधार गर्ने कामका लागि आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो।
बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सात दिन गाडी आंशिक रूपमा रोकी सडक निर्माणको काम हुने जनाईएको छ।
यस अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका बाहेक गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
पोखरेभीरको मोड सुधारका लागि यस अवधिमा नौबिसेबाट गजुरी छिर्ने ठूला गाडीलाई गल्छी–बैरेनी र हलुका गाडीलाई जरेखेतमा रोकिनेछ ।
मलेखुतर्फबाट नौबिसे छिर्ने ठूला गाडीलाई चालिसे र हलुका गाडीलाई घाटबेँसीमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |