

धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका नवनिर्वाचित कार्यसमितिले पत्रकार महांसघ धादिङका संस्थापक सचिव तथा पूर्वअध्यक्ष पत्रकार स्वर्गिय राजेन्द्र प्रताप शाहको शालिक निर्माण गर्ने निर्णय गरेका छन् ।
क्रबार महासंघको सभाहलमा एक कार्यक्रमका विच पदभार ग्रहण गरेसँगै बैठक बसेर शाहको शालिक निर्माण गर्ने पहिलो निर्णय गरेका हुन् ।

शालिक निर्माणको लागि शुक्रबार नै महासंघको प्रांगणमा शिलान्यास गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष सिताराम अधिकारीले पहिलो काम स्वरुप स्वर्गिय शाहको शालिकको शिलान्यास गर्नुभएको हो ।
यस अघि संस्थापक अध्यक्ष स्वर्गिय सिताराम प्रसाद बर्माको शालिक निर्माण गरिएको स्थानमै शाहको पनि शालिक निर्माण गर्न लागिएको हो ।

पत्रकार शाहको वि.सं.२०७८ चैत्र ३ गते ६० वर्षको उमेरमा काठमाण्डौं स्थित अल्का हस्पीटलमा उपचारको क्रममा निधन भएको थियो ।
शिलान्यास कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका कानूनी सल्लाहाकार तथा नेपाल बार एशोसिएसन धादिङका अध्यक्ष टंक कुमार श्रेष्ठ, जिल्ला बार एशोसिएसनका धादिङका पूर्वअध्यक्ष रामकृष्ण अधिकारी,पत्रकार महासंघ बागती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृष्णसारु मगर, नवनिर्वाचित केन्द्रिय सदस्य रामेश्वर कार्की,जिल्ला शाखा धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।

गत मंसिर २८ गते भएको महासंघको निर्वाचनबाट सिताराम अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो ।
कार्यसमितिको उपाध्यक्षमा मनिश दुवाडी, महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा सन्तोषराज श्रेष्ठ, सहसचिवमा विकास रौनियार, समावेशी सहसचिवमा अस्मिता पोखरेल, कोषाध्यक्षमा बद्री अधिकारी निर्वाचित हुनुभएको थियो ।
यस्तै सदस्यहरुमा उपेन्द्र अधिकारी, अनिल कुमार नेपाली, रेखबहादुर गुरुङ, सुशिला विश्वकर्मा,मनिष श्रेष्ठ, विनोद तमू, सन्दिप प्रसाद घिमिरे, पुरुषोत्तम ढुङ्गाना र सनिता चेपाङ निर्वाचित हुनुभएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |