

धादिङ । नीलकण्ठ नगरपालिका–१२ स्थित थोपलखोलामा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ ।
गंगाजमुना गाउँपालिका–३ घर भई हाल नीलकण्ठ–१२ स्थित सांकोषमा बस्दै आएका २४ वर्षिय साजन सिंम्खडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
पौडी खेल्ने क्रममा घाईते भएका सिंखडालाई उद्धार गरि धादिङ अस्पताल ल्याईएको भएपनि चिकित्सकले मृत घोषणा गरेको मिश्रले बताउनुभयो ।घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृतक साजन सिंखडा वैदेशिक रोजगारीको लागि एक हप्ता पछि कुवेद जाँदै हुनुहुन्थ्यो ।
विदेश जाने दिन पनि आईसकेको भन्दै साथीहरुसँग रमाईलो गर्न सोमबार विहान थोपल खोलामा पौडी खेल्न र माछा मार्नको लागि साथीहरु सँग निस्किएको छिमेकी अजय गुरुङले जानकारी दिनुभयो । तस्विर:रेख गुरुङ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |