

धादिङ ।गल्छी गाउँपालिका–८ कटलपौवाका विनोद थापा मगरको हत्यामा संलग्नहरु लाई जिल्ला अदालत धादिङले कसुर कायम गर्दै कैद सजायको फैसला सुनाएको छ।
२७ वर्षीय विनोदको हत्यामा दोषी ठहर भएका गल्छी–८ की ४७ वर्षिया सरस्वती पनेरु (पण्डित) लाई ७ वर्ष कैद र मुख्य कसुरदार छोरा २६ वर्षिय निरज पण्डितलाई अदालतले जन्मकैद गर्ने फैसला गरेको हो ।
जिल्ला न्यायधिस गिता श्रेष्ठको ईजलासले हत्याका मुख्य कसुरदार निरजलाई जन्मकैद र हत्यामा सहयोग गरेको कसुरमा आमा सरस्वतीलाई ७ वर्ष कैद गर्ने फैसला गर्नु भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो।
हत्याको फैसला संगै सरस्वतीलाई मानव बेचबिखनमा १० वर्ष कारागार सजायको फैसला पनि गरिएको छ ।
घटनामा संलग्न भएको आरोप लागेर पुनरावेदन अदालतले धरौटीमा छाडेको पाल्पा जिल्ला तानसेन नगरपालिका–१४ का किरण रानाले ०८१ असार १३ गतेको कसुर कायम नगरी सफाइ पाएका थिए ।
०८० बैशाख २७ गते साँझ गल्छी–८ निबुवाबोटेमा सरस्वती पण्डितले सञ्चालन गरेको सानदार होटल एण्ड लजमा खाजा खाएर बिल तिर्ने क्रममा विवाद भएपछि बिनोदको छुरा रोपेर हत्या गरिएको थियो ।
होटल सानदारमा खाजाखान आएका बिनोदसंग अन्य २ जना पनि थिए उनिहरुले खाजा खाएपछि होटल संचालक सरस्वती पण्डितलाई पैसा दिए । १ हजार १ सय रुपैयाँ पैसा तिर्नुभएपछि दिइएको १ हजार ५ सयबाट ४ सय रुपैयाँ फिर्ता लिने क्रममा भनाभन भएपछि छोरा निरजलाई बोलाएर छुरा प्रहार गरी मोटरसाईकलले हानेर घाईते बनाएका थिए ।
घाइते बिनोदको उपचारका लागि नर्भिक अस्पताल पु¥याएपछि मृत्यु भएको थियो ।
०८० बैशाख २८ गते ईलाका प्रहरी कार्यालय गजुरीमा उजुरी गरिएको थियो भने जिल्ला अदालतमा ०८० जेठ २१ गते दर्ता भएको ज्यान सम्बन्धि कसुर मुद्दामा जेठ २४ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरिएको थियो ।
२० पटकको पेसीमा मुद्दा फैसला हुँदा ३ पटक प्रतिवादीको वकिलबाट र ३ पटक सरकारी वकिलबाट मुद्दा स्थगित भएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |