

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले पदभार ग्रहण गर्नुभएको छ ।
बुधबार एक कार्यक्रमका बीच जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय सचिव एवम् राखेपका तेक्वान्दो प्रशिक्षक रमेशमान तुलाधरले अध्यक्ष तामाङसँगै सदस्य राजन लामालाई पदभार ग्रहण गराउनुभएको हो।

बागमती प्रदेश खेलकुद विकास समितिले असार २० गते धादिङका लागि खेलकुद अध्यक्षमा तामाङ र सदस्यमा लामालाई नियुक्त गरेको थियो ।
पदभार ग्रहण पछी अध्यक्ष तामाङले विगतका कार्यकालमा आफूले गरेको कामका आधारमा प्रदेशले फेरि ४ वर्षको लागि जिम्मेवारी दिएको दावी गर्नुभयो । उहाँले अब अधुरा कामलाई निरन्तरता दिँदै धादिङलाई खेलकुद हव बनाउने तयारीमा लाग्ने बताउनुभयो ।
कार्यक्रममा वाईसिएल धादिङका अध्यक्ष राजन लम्साल, नेपाल तेक्वान्दो संघ धादिङ अध्यक्ष सम्झना भण्डारी, जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) लगायतले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।
यसअघि दुई कार्यकाल पुरा गरेका तामाङ तेश्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त हुनुभएको हो ।
प्रदेश खेलकुद विकास समितिले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष नियुक्त गरेको थियो।
यसअघि दुई वर्ष अवधिको कार्यकाल सकिएर साढे ३ महिनाअघि १३ वटै जिल्ला अध्यक्ष बाहिरिएका थिए ।
परिषद्ले दुई महिना अगाडि मात्रै खेलकुद विकास नियमावली संशोधन गरेर जिल्ला खेलकुद विकास समिति अध्यक्षको कार्यकाल ४ वर्ष पुर्याएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |