

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङमा रहेको बेवारिसे मोटरसाईकल तथा स्कुटरको लिलामी गरिएको छ ।नेपाल प्रहरीले जिल्लामा पहिलो पटक बेवारिसे मोटरसाईकलको लिलामी गरेको हो ।
विभिन्न चेकजाँचको क्रममा तथा अन्य अवस्थामा बेवारिसे अवस्थामा फेला पारेको १ सय ९० मोटरसाईकल र स्कुटर लिलामी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (प्रहरी नायब उपरीक्षक) मकेन्द्रकुमार मिश्रले बागमती कलमलाई जानकारी दिनुभयो ।
लिलामीका लागि विभिन्न ५ ओटा सप्लायर्सले टेण्डर हालेकोमा समित एक्सपा सेन्टरले टेण्डर पारेको हो ।नेपाल प्रहरीको हेडअफिसको स्विकृतिमा भ्याट बाहेक ७ लाख ९१ हजारमा पत्रु मोटरसाईकल लिलामी गरिएको मिश्रले बताउनुभयो ।
लिलामी गरिएको मोटरसाईकल र स्कुटर पत्रु बनाएर सप्लायर्सले आज लगेको हो । मुद्दामा रहेको मोटरसाईकल तथा स्कुटर र अन्य सवारी साधन भने लिलामी गरिएको छैन ।
लिलामीमा लगिएको मोटरसाईकल र स्कुटर पुरानो नम्बरमा प्रयोग गर्न नपाइने प्रहरीले जनाएको छ। तस्विर:अर्जुन श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |