

धादिङ । धुनिबेशी नगरपाविलका वडा नं १ का मिथुन घिसिङले एकेएफ प्रशिक्षक लाइसेन्स लिन सफल हुनुभएको छ ।
घिसिङले भुटानमा सम्पन्न एसियाली कराँते महासंघको प्रशिक्षक परीक्षा उतिर्ण गर्दै अन्तर्राष्ट्रिय एकेएफ लाईसेन्स प्राप्त गर्नु भएको हो।
केहि समय अगाडी मात्रै राष्ट्रिय रेफ्री लाईसेन्स प्राप्त गर्नु भएका घिसिङले एसियाली कराँते महासंघले भुटानमा लिएको परिक्षा पास गरेर अन्तर्राष्ट्रिय रफ्रीको लाईसेन्स समेत प्राप्त गर्नु भएको छ।
आफ्नो सफलतामा दाजु हरि लामा र ठमेल डोजोका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद कराते प्रशिक्षक सन्तोष श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको घिसिङले बताउनुभयो ।
वि.स २०५४ सालबाट कराते खेल्न सुरु गर्नु भएको घिसिङले २०६४ साल देखि ककनी डोजो नुवाकोटमा प्रशिक्षक भै खेल सिकाउन थाल्नु भएको थियो भने २०७४ साल देखि धुनिवेशी नगरपालिकाका कराते डोजोका प्रमुख हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |