

धादिङ । धादिङ जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ ।
गएराती अचानक पेट दुखेर अस्पताल आएका ७० वर्षिय एक पुरुष बृद्धको चेक जाँच गर्दा आन्द्रा मा प्वाल परेको (DUODENAL PERFORATION) र पेटमा तरल पदार्थ जमेको पाईएपछी शल्यक्रिया गरिएको अस्पताल सूचना अधिकारी डा. राम रिजालले जानकारी दिनुभयो ।
यस्तो प्रकृतिको शल्यक्रिया धादिङ अस्पतालमा पहिलो पटक गरिएको रिजालले बताउनुभयो ।
सर्जन टीम डा नवीन महासेठ,डा प्रकृति भट्टराई, अनेस्थासियालोजिष्ट डा दिपेश श्रेष्ठ, एनेस्थेसिया असिस्टेन्ट संगीत छत्कुली, स्क्रब नर्स र ओटी असिस्टेन्टको टोलीबाट आन्द्राको शल्यक्रिया गरिएकोे रिजालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |