

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार शनिबार दिउँसो १ः४७ बजेदेखि भीमसेनको मूर्तिमा पसिना आएको हो। दिउँसो ३ः५१ बजेसम्म मूर्तिको बायाँ भाग शिलामा पसिना आएको पोखरेलले बताउनुभयो ।
पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ । भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ ।
शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |