

फुलखर्क । धादिङको गंगाजमुना र खनियाबास गाउँपालिकाका विभिन्न स्थानमा बचत तथा ऋण व्यवस्थापन तालिम शुरु भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा खनियावास र गंगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना कार्यक्रम अन्तरगत गठित समुहका पदाधिकारीहरुको दुई दिने बचत तथा ऋण व्यवस्थापन तालिम संचालन गरेको हो ।
शुक्रबार गंगाजमुना गाउँपालिका वडा नं ५ फुलखर्क,वडा नं ३ को गुम्दी,वडा नम्बर ७ को बुढाथुम र खनियावास गाउँपालिका वडा नं ४ चौकीमा तालिम शुरु भएको प्रयास नेपाल धादिङकी जेण्डर एसोसिएट शर्मिला गुरुङले जानकारी दिनुभयो ।

बुढाथुममा भएको तालिम उद्घघाटन सत्रमा वडाध्यक्ष रविन अधिकारी ,फुलखर्कमा वडा नम्बर ५ का वडाध्यक्ष कुमार अधिकारी,वडा नं ३ गुम्दी गुरुङगाउँमा कार्यपालिका सदस्य उजेलीमाया गुरुङ र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल तथा खनियाबासको चौकीमा भएको उद्घाटन सत्रमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको उपस्थिति रहेको लक्ष्मी सुनारले जानकारी दिनुभयो ।
तालिममा खनियावसमा १८ जना, फुलखर्कमा २९ जना,गुम्दीमा २४ जना र बुढाथुममा १८ जना सहभागी छन् ।
तालिममा समुहमा बचतको महत्व,बचत संकलन, आम्दानी र खर्च अभिलेख,ऋण लगानी,पासबुक,बचत तथा ऋण परिचालन सम्बन्धि निति, नियम, समुहका पदाधिकारीहरुको काम, कर्तव्य, अधिकार, घुम्ती कोष परिचालन र पुर्व सहकारी शिक्षा लगायतका बिषयमा सहजकर्ताहरु सन्तोष सत्याल, शिव भण्डारी, नारायण सुवेदी र राजकुमार श्रेष्ठले सहजिकरण गर्नु हुने छ ।
कार्यक्रममा प्रयास नेपाल धादिङ र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङ,जेण्डर एसोसियट शर्मिला गुरुङ,पदम खत्री,कविता सापकोटाले जानकारी गराउनु भएको थियोे ।

कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला, प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने उद्धेश्यले उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।


हाल खनियाबास गाउँपालिकामा ३२ र गंगाजमुना गाउँपालिकामा ४८ गरी ८० वटा कृषक समुहहरु मार्फत परियोजनाले कृषि तथा पशुपालन क्षेत्रमा कार्य गरिरहेको गुम्दीबाट प्रयास नेपालकी जेण्डर एसोसिएट गुरुङले बताउनुभयो ।









आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |