

धादिङ । धादिङमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानका लागि समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा शुक्रबार धादिङबेसीमा भएको एक कार्यक्रमका बिच आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानको लागि जिल्ला स्तरिय समिति र कार्यदल गठन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीको संयोजकत्वमा गठन भएको २१ सदस्यीय समितिको उपसंयोजकमा जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ छत्कुली रहनुभएको छ ।
त्यस्तै समितिका सदस्यहरुमा जिल्ला अस्पतालका मनोचिकित्सक, जिल्ला आयुर्वेद अस्पतालका रमेश पनेरु, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका दुर्लभ तामाङ, जिल्ला होटल संघका श्यामसिंह ठकुरी, धादिङ उद्योग वाणिज्य संघका विष्णु थपलिया, नेपाल पत्रकार महासंघका राजाराम शर्मा, गैसस महासंघका शालिकराम दुवाडी, महिला मानवअधिकार रक्षक एवममनोविमर्शकर्ता गायत्री खतिवडा, रोयम नेपालका हरीशरण धिताल, जिल्ला खेलकुद विकास समितिका रमेशमान तुलाधर, सामी परियोजनाका दिनेश दुवाडी, शिक्षा विकास तथा समन्वय इकाइका आनन्द थापा, नेपाल स्काउट, चेम्बर्स अफ कमर्शका कुमार बहादुर बुढाथोकी, लागुऔषध दुव्र्यशनी पुनस्थापना केन्द्र र फोकस नेपालकी अञ्जु श्रेष्ठ रहनुभएको छ ।
यस्तै उक्त समितिको सल्लाहकारमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डे र सदस्य सचिव जिल्ला प्रहरी कार्यालयका अधिकृत रहनुहुने छ ।
यसैगरी आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन जिल्ला कार्यदलको संयोजकमा जनस्वास्थ्य कार्यालय धादिङका सूचना अधिकारी तोयानाथ छत्कुली रहनुभएको छ ।
सहसंयोजकमा धादिङ अस्पतालका मनोचिकित्सक र सदस्यहरुमा जिल्ला आर्युवेद कार्यालयका रमेश पनेरु, नीलकण्ठ नगरपालिका महिला विकास शाखा प्रमुख निर्मला केसी, इन्सेक प्रतिनिधि सीताराम अधिकारी, नेरेसोका दुर्लभ तामाङ, नेपाल स्काउट, उद्योग वाणिज्य संघका विष्णु थपलिया, होटल व्यवसायी संघका श्यामसिंह ठकुरी, दलित सेवा संघका श्याम मगराती, चेम्बर्स अफ कमर्शका कुमार बुढाथोकी, गैसस महासंघका शालिकराम दुवाडी, मनापरामर्शकर्ता गायत्री खतिवडा, जिल्ला खेलकुद विकास समितिका रमेशमान तुलाधर, पत्रकार महासंघका राजाराम शर्मा, सामी परियोजनाका दिनेश दुवाडी, रोयम नेपालका हरीशरण धिताल रहनुभएको छ ।
कार्यक्रममा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले शारीरिक अशक्तता, मानसिक असन्तुलन, मादक तथा लागु औषध सेवन, घरेलु हिंसा, बेरोजगारी, असफलता आदी कारणले गर्ने आत्महत्या रोकथाम गर्नका लागि सकारात्मक सन्देश दिने अभियान र सचेतना कार्यक्रम गर्नुपर्ने सुझाएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |