

काठमाडौं । यही मंसिर २३ गतेदेखि सुरु हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ
बुधबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ट्रफी सार्वजनिक गर्नुभएको हो।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा दुई नेपाली र तीन विदेशी गरी पाँच टिम सहभागी हुने छन् ।
नेपालबाट एनभिए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले सहभागिता जनाउने छन् ।
त्यसैगरी ईरानबाट चादौर मालो क्लब, भारतबाट कालिकट हिरोज र माल्दिभ्सबाट एचडीसी क्लबले सहभागिता जनाउने छन् ।काभा पुरुष क्लब भलिबल पहिलोपटक हुन लागेको हो ।
नेपालमा यस वर्ष आयोजना हुन लागेको यो दोस्रो काभा प्रतियोगिता हो । यसअघि काभा वुमन्स नेसन्स लिग आयोजना भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |