

काठमाण्डौ । आजदेखि लागू हुने गरी अण्डाको मुल्य फेरि बढेको छ ।
जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, विद्यालय तथा क्याम्पस सञ्चालनमा आएसँगै अण्डाको मुल्य बढेको नेपाल लेर्यस कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार ठूलो अण्डाको फाम मूल्य प्रतिक्रेट अर्थात् ३० वटाको चार सय ७० र मझौलाको चार सय ५५ रुपैयाँ कायम गरिएको छ ।
यसअघि अण्डाको भाउ पाँच सय पाँच रुपैयाँसम्म पुगेर क्रमशः घटेको थियो । भाउ बढेपछि किसान भने उत्साहित बनेका छन् ।
उत्पादन घटेको र माग बढेकाले पूर्ववत् अवस्थामा अण्डाको भाउ बढेको पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार दैनिक २२ लाख गोटा हाराहारीमा अण्डा उत्पादन हुँदै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |