

काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज बेलुकादेखि मौसम बदली हुने सम्भावना रहेको जनाएको छ।
आज बेलुकादेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम बदली, हल्का वर्षा र हिमपातको असरले तापक्रम थप घट्ने र चिसो बढ्ने सम्भावना छ ।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोधसमेत गरिएको छ ।file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |