

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहेको छ ।
जसमा आज शुक्रबार दुईवटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान नौ बजे लुम्बिनी लायन्स र कर्णाली याक्स खेल्नेछन् भने दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस् र चितवन राइनोज खेल्दैछन् ।
पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो र छ खेलमध्ये एक खेल जितेको लुम्बिनी सातौँ स्थानमा छन् ।
यस्तै पाँचमध्ये ३ खेल खेलेको चितवन तेस्रो र पाँच खेलमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ ।
एनपीएलअन्तर्गत हिजो भएका खेलमा जनकपुर बोल्ट्सले काठमाण्डौ गुर्खाजलाई र पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई पराजित गरेका छन् ।
जनकपुर एक खेल अघि नै प्ले अफमा पुगेको छ ।
त्रिवि क्रिकेट मैदानमा चलिरहेको एनपीएलको प्लेअफमा पुग्ने जनकपुर पहिलो टोली बनेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |