

धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाको धादिङको सभाहलमा एक कार्यक्रमका विच पदभार ग्रहणसँगै प्रमाण पत्र वितरण गरिएको हो ।
नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका सदस्य एवंम पत्रकार महासंघ जिल्ला शाखा धादिङका कानूनी सल्लाहाकार तथा नेपाल बार एशोसिएसन धादिङका अध्यक्ष टंक कुमार श्रेष्ठ, जिल्ला बार एशोसिएसनका धादिङका पूर्वअध्यक्ष रामकृष्ण अधिकारीले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला शाखा धादिङका निवर्तमान अध्यक्ष राजाराम शर्माले नव निर्वाचित अध्यक्ष सिताराम अधिकारीलाई माईन्यूट दिएर पद हस्तान्तरण गर्नुभएको थियो।
पद हस्तान्तरण तथा प्रमाण पत्र वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृष्णसारु मगर, नवनिर्वाचित केन्द्रिय सदस्य रामेश्वर कार्की लगायतको उपस्थिति रहेको थियो ।

गत मंसिर २८ गते भएको निर्वाचनमा अध्यक्षमा सिताराम अधिकारी निर्वाचित हुनुभएको थियो ।
यस्तै उपाध्यक्षमा मनिश दुवाडी, महिला उपाध्यक्षमा सरिता श्रेष्ठ, सचिवमा सन्तोषराज श्रेष्ठ, सह-सचिवमा विकास रौनियार, समावेशी सह-सचिवमा अस्मिता पोखरेल, कोषाध्यक्षमा बद्री अधिकारी निर्वाचित हुनुभएको थियो ।
यसैगरी सदस्यहरुमा उपेन्द्र अधिकारी, अनिल कुमार नेपाली, रेखबहादुर गुरुङ, सुशिला विश्वकर्मा,मनिष श्रेष्ठ, विनोद तमू, सन्दिप प्रसाद घिमिरे, पुरुषोत्तम ढुङ्गाना र सनिता चेपाङ निर्वाचित हुनुभएको थियो।
पदभार ग्रहणसँगै प्रमाण पत्र लिनुहुँदै बागमती कलम डटकमका संचालक तथा सम्पादक अनिल कुमार नेपाली






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |