

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ८ ससाहमा रहेको देउराली माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक खिल बहादुर धमलालाई अभिनन्दन सहित बिदाई गरिएको छ ।
शिक्षण पेशामा ३५ वर्ष ७ महिना बिताएर स्वेच्छिक अवकाश लिनु भएका पूर्व प्रधानाध्यापक धमलाको सम्मानमा अभिनन्दन सहित बिदाई गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता तथा वडा नं ८ का वडाअध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नेत्रावती डवजोङ गाउपालिकाकी उपाध्यक्ष सीता चोदेन तामाङ, विद्यालय व्यवस्थापन सल्लाहकारहरु, पूर्व प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा पूर्व विद्यार्थी समाजका अध्यक्ष रमेश कोईरालाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागी अतिथिहरुले सेवाबाट अवकाश हुनु भएका धमलाको भावि जीवन सुखमय, सवल र सामाजिक सक्रियताको रुपमा रहोस् भनी शुभेच्छा तथा शुभकामना प्रदान गर्नु भएको थियो ।
धमलालाई शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहकार सदस्यहरु तथा अभिभावकहरुले र्यालिसहित विद्यालयबाट घरसम्म पुर्याएका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |