

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अन्तरगत नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले भोलि हङकङसँग खेल्दैछ ।
पहिलो खेलमा भोलि नेपालले बिहान पौने ९ बजे हङकङसँग खेल्न लागेको हो।
यस्तै नेपालले दोस्रो खेलमा पर्सि बहराइनसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा वैशाख ३० गते फेरि हङकङसँग र जेठ १ गते बहराइनसँग खेल्नेछ ।
विश्वकप एशिया छनोटमा ९ वटा टिम सहभागी छन् ।
नेपाल, बहराइन र हङकङ समूह ‘सी’ मा छन् । यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।
थाइल्यान्ड जानुअघि नेपाली टोलीले भारतमा अभ्यास खेल खेलेको थियो । नेपाली महिला टोलीले अहिलेसम्म एशिया छनोट पार गर्न सकेको छैन । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |