

धादिङ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-२ घर भएका २४ वर्षीय रोजन भुजेल रहेका प्रहरीले जनाएको छ ।
उनलाई वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटस्थित सडकबाट भारततर्फ जान लागेका भुजेल र २ जना युवतीहरूलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोमबार साँझ नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानको क्रममा भुजेलले ती युवतीहरूलाई हेटौंडा तथा वीरगंजस्थित कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |