Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१४ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१४ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१४ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१५ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

धादिङबाट ८० केजी क्रिष्टलसहित एक जना पक्राउ

१ हफ्ता अघि

धादिङबेसीका ट्राफिक प्रहरी : दुई सय बढी बोलेरो जीपसँग उठाउँछन् मासिक पैसा, नबुझाए चिट काटिदिन्छन्

  • बागमती कलम
  • १७५७ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार (१ साल अघि)
धादिङबेसीका ट्राफिक प्रहरी : दुई सय बढी बोलेरो जीपसँग उठाउँछन् मासिक पैसा, नबुझाए चिट काटिदिन्छन्

धादिङ । जिल्ला सदरमुकाम धादिङबेसी केन्द्रित ट्राफिक प्रहरीको ज्यादती आम नागरिकसम्म नै छताछुल्ल हुन पुगेको छ ।

ट्रक, ट्रिपर, बोलेरो जीपका चालक होस् या मालिक सबैको एउटै गुनासो छ–‘ट्राफिक प्रहरीले हैरान पा¥यो ।’

सदरमुकामबाट ग्रामीण भेग आउजाउ गर्ने सवारीसाधनसँग ट्राफिक प्रहरीले मासिक रुपमा रकम असुल्छन् भन्ने कुरा नयाँ होइन। मासिक रुपमा रकम बुझाउने भएपछि अहिले धादिङबेसीको सडकमा नै बोलेरोहरु खुलेआम रुपमा खचाखच मान्छे बोकेर हुईकिरहेको देख्न पाइन्छ ।

‘ट्राफिकलाई महिनावारी पैसा नबुझाए गाडी चलाउनै सकिदैन,मासिक रुपमा न्युनतम एक हजार नबुझाए रित्तै भएको बेला पनि अनेक बाहानामा चिट काटिदिन्छ, महिनामै दशौं पटक चिट काट्नुभन्दा एक हजार बुझाएर ढुक्कले हिड्न पाइन्छ,सांङ्कोष तिप्लिङ सडकमा बोलेरो चलाउदै आएका एकजना चालक भन्छन् ।’

आवश्यक कागजपत्र सहिसलामद साथमा हुँदा होस् या नहुँदा अनेकन बहानामा दुःख दिने गरेको अधिकांश चालकहरु गुनासो गर्छन् । तर, पैसा बुझाएको बारे हल्ला गरे झन बढी ट्राफिकको कारबाही खेप्नुपर्ने त्रासले कुनैपनि चालकहरु नाम सार्वजनिक गर्न चाहदैनन् ।

विशेषगरी नीलकण्ठ नगरपालिका–३ धादिङबेसी बजारबाट ग्रामीण भेगमा खाद्यान्न र यात्रु बोक्दै आएका बोलेरो जीपहरु ट्राफिकको निशानामा छन् ।

नियम विपरित गुडेका सवारीसाधनलाई कानून बमोजिम चिट काट्नु र कारवाही गरी कानूनी दायरामा ल्याउनु ट्राफिक प्रहरीको जिम्मेवारी हो ।

तर, चिट नकाटीकनै नगद खल्तीमा हाल्ने र चिट नकाटीकनै मासिक रुपमा रकम उठाउने गरेको तथ्य बाहिरिएपछि पछिल्लो समय ट्राफिक प्रहरीको बदनाम भएको छ ।

केही समयअघि दुई जना यातायात व्यवसायीले सामाजिक संजालमा लेखेको पोष्ट र कमेन्टबाट पनि प्रष्ट हुन्छ–‘ट्राफिक प्रहरीले पछिल्लो समय ज्यादती मच्चाएकै रहेछन्।’

सामाजिक संजालमा पोष्ट भएका सामाग्रीहरुमा आएकोे कमेन्टहरुले ट्राफिक प्रहरीले धादिङबेसी आसपासमा देखाइरहेको हर्कतलाई सर्लक्कै केलाइदिएको छ ।

रुटिन अफ धादिङ कन्डिशन नामको एउटा फेसबुक पेजले हालेको पोष्टमा गएर धादिङका बस व्यवसायी राजेश प्रजापतिले व्यङ्ग्य गर्दै लेखेका छन्–‘महिनावारी जो चलेको छ ? प्रयोजन विपरित सवारीबाट मासिक दुई हजार, लोकल भाले, घ्यु, लोकल चामल, माछा, मासु (…) घिच्न पाएको छ । अनि कसरी हुन्छ कारबाही ? ट्राफिक प्रहरीको भुँडी हेर्नु न भुँडी ।’

चालकहरुका अनुसार अफिस कलरको रुपमा कार्यालयभित्रै ड्युटी खटिने ट्राफिक प्रहरीले झन फिल्डमा खटिनेले भन्दा धेरै सताउँछन् । कारबाहीमा परिसकेपछि भौचर लिएर कागजपत्र लिन पुग्दा होस् या चिटै नकाटी लिएको कागजपत्र बुझ्न कार्यालय पुगेका चालकसँग खुलेआम खाइखर्च माग्छन् ।

गाउँबाट झरेका चालकहरुले कोसेली बोकेर अफिस पुग्नुपर्छ । अफिस कलर भन्नाले कारबाहीमा काटिएका चिट सिस्टममा इन्ट्री गर्नेदेखि कार्यालयको आन्तरिक काममा खटिने प्रहरी हुन् । तर अफिस मै बसेर बिना चिट मासिक भत्ता थाप्ने पनि ती अफिस कलर नै हुन् ।

यसरी चालकसँग उठाएको पैसा पोष्ट अनुसार बाँडीचुँडी लिने आन्तरिक सिस्टम रहेको श्रोतको भनाई छ । करिब एक महिनाअघि ट्राफिक प्रहरी पोष्ट धादिङबेसी आएका प्रहरी जवान बेगम पोखरेल र सहायक हवल्दार काशीराज जोशीको जोडी अहिले धादिङबेसीमा निकै जमेको छ ।

उनीहरुको अस्वभाविक चुरिफुरीले अधिकांश चालक आजित छन् । आफ्नो उपस्थिति देखाउन बजार क्षेत्रमा दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्तालाई कागजपत्र चेकजाँच गर्ने नाममा दुःख दिने गरेका छन् ।

उनीहरु जोकोहीलाई होस् अपशब्द बोल्न समेत पछि पर्दैनन्। चालकहरु भन्छन्–‘१५ महिना नागढुंगा बसेर आएका हौं, नियम नसिकाउ भन्दै छाडा बोलेर थर्काउँछन् । केही न केही बहाना बनाएर दुःख दिन्छन् । भनेको नमाने सानो कमजोरी देखाएर ठूलो चिट थमाइदिन्छन् ।’

ट्राफिक प्रहरीले चलाउने एउटा टुकटुके (सानो) मोबाइल सेट छ । त्यहि मोबाइलमा गाडी नम्बर इन्ट्री गरेर राखेका हुन्छन् । र, महिना पुग्न लागेपछि चालकहरुलाई अग्रिम जानकारी गराउँछन् ।

मासिक डायरी अनुसार बेलैमा रकम नबुझाए भेटेको दिन सिधै कारबाही भोग्नुपर्ने चालकहरुको भनाई छ । ‘टाइम पुग्यो खै त भेटघाट ? अफिस आउनु प¥यो भन्छ । भेट्न गएन भने चिट नकाटी ब्लुबुक वा लाइसेन्स लान्छ । गएर भेटेपछि एक महिना वास्ता गर्दैन’, नाम सार्वजनिक नगरिदिने कसम खाएपछि एकजना चालकले ट्राफिक प्रहरीको व्यवहारको फेयरिस्त बताए ।

सिरानबजार हुँदै धुवाकोट, सेम्जोङतर्फ चल्ने, बीचबजारबाट सुनौलोबजारतर्फ चल्ने, पुछारबजार बगैँचा हुँदै खरी, मैदी र त्रिपुरासुन्दरी गाउँपालिकाका बस्तीहरुमा आउजाउ गर्ने, ससाह हुँदै ज्वालामुखी र सिद्दलेकका ग्रामीण बस्तीहरुमा चल्ने करिब दुई सय बढी बोलेरो जीपहरु छन् ।

साङ्कोेष तिप्लिङ सडकमा मात्रै ६० वटा भन्दा बढी बोलेरो जीप चल्छन् । किङ्ताङफेदी, मार्पाक, गुम्दी, कटुङ्जे, फुलखर्क लगायत गाउँका सामान र तीनै ठाउँका मान्छे ओसारपसार गर्छन् ।

निर्माण सामग्री ओसारपसार ट्रिपर, पहाडी बस्तीहरुसम्म चल्ने सौराज ट्रक, सदरमुकाम आसपासमै सामान ओसारपसार गर्ने एक सय सवारी साधन छन् ।

यी सबै ट्राफिक प्रहरीको मागिखाने भाँडो हो ।

यस्ता अधिकांश सवारीसाधनसँग न्युनतम मासिक एक हजार उठाउछन् । वर्षाैदेखि कागजपत्र नविकरण नभएका थोत्रा ट्रक, गुड्दा गुड्दै पाङ्ग्रा फुस्केला जस्ता साना सवारीबाट त कति असुल्छन् गन्ती गर्नै सकिदैन ।

डिजल हाल्न पम्पमा गएको बेला यस्ता गाडीहरु ट्राफिकको टार्गेटमा पर्छन् ।

हुन त बोलेरोहरुले पुरै नियम पालना गरेका हुन्छन् भन्ने होइन । बोलेरोमा चालक सहित पाँच जनाको सिट क्षमता हुन्छ । मुख्य सडकहरुमा बस चलेपनि भित्री बाटोहरुमा बस जान सक्दैन । गाडी भइभई मान्छेहरु हिँड्न चाहँदैन । गाउँघर चल्ने बोलेरोलाई मान्छे बोक्नैपर्ने बाध्यता छ ।

खरी, मैदी चल्ने बोलेरोका चालकहरु भन्छन्– ‘नचढ्नुस् भन्दा पनि चढ्नुहुन्छ । जबरजस्ती छोडेर गयो भने भोलीपल्टदेखि गाउँमा छिर्नै पाइदैन, मान्छे बोक्नु हाम्रो बाध्यता हो । पैसा नतिरिकन कुनै गाडी चल्नै सक्दैन, को संग कति उठाउछ मात्रै फरक हो ।’

बसका चालक र मालिकहरुलाई भने ट्राफिक प्रहरीको प्रेसर अलि कम छ ।

किनकी यातायात व्यवसायी संघहरुले नै आधिकारिक रुपमा मासिक रकम भरिदिन्छन् । व्यवसायी संघहरुसँग घरभाडा तिर्न भनेर मासिक १० हजारसम्म थाप्छन् । चाडपर्व खर्च, माछामासु, दारुपानीको त हिसाबै छैन । आकलझुकल दुई/चार हजार दिनैपर्छ ।

लामो समयदेखि धादिङको यातायात व्यवसाय सुधारको अभियानमा रहेका जय भट्ट भन्नुहुन्छ,‘ट्राफिक प्रहरी र सुरक्षा निकायकै कारण वेथिति मौलाएको हो ।’

व्यवहारिकता पनि हेर्नुपर्छ, अवैध ढंगबाट रकम उठाउनु ठिक होइन भन्ने ट्राफिक प्रहरीहरु हाकिमको नजरबाट तुरुन्तै हट्छन्। तर, ट्राफिक प्रहरी पोष्ट धादिङबेसीका इन्चार्ज बरिष्ठ सहि सुरेन्द्र विष्ट यी कुनैपनि कुरा स्वीकार्न तयार छैनन् ।

आफु धादिङबेसी आएदेखि एक सय भन्दा बढी गाडीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएर कारबाही गरिएको मात्रै दावी गर्छन्।

धादिङको जिम्मेवारी सम्हालेर आएको दिनदेखि नै सडकमै उभिएर मान्छे बोकेका बोलेरो र रातो प्लेटको सवारीलाई २०/२० हजारसम्म चिट हान्ने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र प्रहरी उपरीक्षक दीपेन्द्र शाही अहिले चुपचाप छन् ।

सडकमा खुलेआम यस्ता सवारी चलिरहेकै छ तर, आँखा चिम्लिएर हिँडेका हुन् वा नदेखेका हुन् ? सहजै अनुमान लगाउन सकिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%६%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १४ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १४ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १४ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १५ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution