

काठमाण्डौ । महिला टी–२० विश्वकप एशिया छनोट अन्तरगत नेपालले आज हङकङसँग खेल्दै छ ।खेल दिउँसो सवा १२ बजेदेखी थाइल्याण्डको एशियन इन्स्टिच्युड टेक्नोलजी मैदानमा शुरू हुनेछ।
यसअघि लिग चरणको दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको थियो । यो खेल वर्षाका कारण ५ ओभरमा भएको थियो ।नेपाल र हङकङको पहिलो खेल भने वर्षाले रद्द भएको थियो ।
नेपालले पर्सि बिहीवार फेरि बहराइनसँग खेल्नेछ ।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन् ।
समूहका दुई टोलीले एक आपसमा समान दुई/दुई खेल खेलेपछि शीर्ष टोली अर्को चरणमा पुग्नेछ ।
तीनै समूहको शीर्ष टोलीले सुपर–३ मा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |