

काठमाण्डौ । जेठ २ गतेदेखि हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाण्डौ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरका अनुसार उक्त सडक खण्ड कालोपत्रे गर्नुपर्ने भएकोले १९ दिनका लागि गाडीको आवागमन बन्द हुने भएको हो।
बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत यो सडक खण्डको स्तरोन्नतिको कार्य हुँदै आएको छ ।
सडक बन्द हुने अवधिमा हेटौँडा–काठमाण्डौ वा काठमाण्डौ–हेटौँडा यात्रा गर्नुपर्ने गाडीले अन्य वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडक को प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले निकालेको सूचनामा भनिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |