

काठमाण्डौ । हावाहुरीले रुढ ढल्दा च्यापिएरपश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार चारपालाको भित्री सडक खण्डमा हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा च्यापिएर सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको हो ।
घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् ।
घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |