

धादिङ । सिद्धलेक गाउँपालिका-२ नलाङ खिर्रे भञ्ज्याङमा रहेको नलाङ पात्ले माध्यमिक बिधालयमा शैक्षिक गुणस्तर र शिक्षण पद्धती सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
बिधार्थीहरुमा पढाईप्रति रुची, शिक्षक तथा अभिभावकहरुको भुमिकालाई सरलीकरण गर्दै, बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि कसरि गर्न सकिन्छ भन्ने उद्धेश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिदै बिद्यालयको पूर्व विद्यार्थी समाजका संयोजक एवम मेन्टर तारा तुम्सिङ मगरले कुनै ब्यक्ति जन्मिदै ठूलो र सानो वा उच्च र निच भएर जन्म नहुने भएको हुदा आजको प्रयासले भोलिको भविष्य निर्धारण गर्ने हुनाले आज सहि निर्णय लिएर गन्तव्य पथमा लाग्नुपर्ने बताउनु भएको छ।
एउटा बिद्यार्थीले जे सोचेर पढिरहेका छन् त्यो के साच्चै आजको शिक्षा पद्धतिले दिन सक्छ त? किन शैक्षिक बेरोजगार, विदेश पलायल र बिद्यार्थीहरु डिप्रसनमा बढिरहेको छ? यसबाट बच्न र आफ्नो भविस्य उज्जवल बनाउन हामि आफैले के गर्न सकिन्छ? भन्ने हुराहरुमा कार्यक्रम केन्द्रित थियो ।
शिक्षकहरुले शिक्षण पेसालाई जागिरको रुपमा मात्र नलिएर विद्यार्थीको भविस्य निमार्ताको रुपमा लिनुपर्ने भन्दै एउटा शिक्षकले चाहेमा शैक्षिक गुण्स्तरमा कायापलट ल्याउन ककिने प्रशिक्षक मगरको भनाइ थियो । विद्यार्थीहरुले के चाहेको छ त्यो बुझेर उनिहरुको चाहना र भावनालाइ शिक्षकले बुझ्नुपर्ने बताउनुभयो ।
प्रशिक्षक मगरले डिजिटल युगमा रातदिन साथमै रहने प्रबिधिको भरपुर उपयोग गरेर बिधालयमा शिक्षण सिकाई प्रभावकारी बनाउन सकिने कुरा बताउनु भएको थियो ।

शिक्षण सिकाई भनेको आफु र आफ्नो बिद्यालयमा नभएको कुरामा अल्झिएर नभई आफु र बिधालयमा जे कुरा छ त्यही कुरालाई सृजनात्मक रुपमा उपयोग गरी शिक्षण सिकाई प्रभावकारी बनाउन सकिने र शैक्षिक गुणस्तरमा पनि राम्रो बृद्धि हुने भएकोले आफुसंग भएको श्रोत साधनहरुको भरपुग उपयोग गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
यस्तै आधुनिक प्रबिधिको सहि सदुपयोगले बिधार्थीहरुलाई समाजमा आवश्यक गोग्य र दक्ष ब्यक्तित्वको रुपमा आफुलाई बिकास गर्न सक्ने बताउनु भएको थियो ।
सबै भन्दा पहिले बिधार्थीहरुले म किन र केका लागि पढ्ने र मेरो भबिष्य केमा सुनिश्चित छ भन्ने कुराको निश्चित उद्धेश्य बनाएर अध्ययन गर्नाले उनिहरुको अध्ययनप्रतिको रुचिमा जागरुकता आउने समेत प्रशिक्षक मगरले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै बिद्यालयका शिक्षक प्रकाश मल्लले बिद्यार्थीहरुको लक्ष्यमा पुग्न अहिलेको शिक्षण पद्धतिले मद्दत गर्ने बताउनुभयो ।
बिधार्थीको पढाई प्रतिको रुची र शिक्षकहरुमा शिक्षण पेशा प्रतिको कर्तव्यबोध तथा अभिभावकहरुमा बिधार्थी र बिद्यालयको शैक्षिक गुणस्तरमा महत्वपुर्ण भुमिकालाई ताजगी बनाउन संचालन गरिएको अभिमुखिकरण कार्यक्रमले बिधार्थी, शिक्षक र अभिभावकहरुमा थप उत्साह आउने बिद्यार्थीहरुले बताएका थिए ।
बिद्यार्थीहरुमा आत्मविश्वासको कमिले उनिहरुको भविष्यलाई नै असर गर्ने भएकोले मुलत आफ्नो ध्या उनिहरुमा आत्मविश्वास बढाउन केन्द्रित रहेको मेन्टर मगरले बागमती कलमलाइ बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरु, पूर्व विद्यार्थी समाजका रमेश शाह, आयुश विश्वकर्मा, नलाङ पात्ले माविबाट कक्षा १२ को परिक्षामा सामेल भएका बिद्यार्थी र कक्षा ११ को परीक्षा तयारीमा रहेका बिद्यार्थी सहभागी थिए ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |