

धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकामा शैक्षिक क्षेत्रका सरोकारवालाविच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।शनिबार गाउँपालिकाको वडा नम्बर(३ गुम्दीमा वडामा सञ्चालित विद्यालयहरुमा शैक्षिक सुधारका विषयमा छलफल गरिएको हो ।
गङ्गाजमुना गाउँपालिका-३ को आयोजनामा जनप्रतिनिधिहरु, वडा भित्र रहेका ६ वटा विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरुलाई गुणस्तरिय शिक्षा प्रवाह तथा शैक्षिक सुधारका विषयमा एक दिने अभिमूखिकरण गरिएको हो ।
कार्यक्रममा गङ्गाजमुना गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङले शिक्षा क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा शैक्षिक सुधारका लागि विद्यालयमा देखिएका समस्या, चुनौति र ति समस्या तथा चुनौति समाधानका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावकको भूमिका लगायतका विषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नुभएको थियो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |