

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं ८ को चैलिङ्गमा शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने क्लस्टर तहको तालिम सञ्चालन गरिएको छ ।
बिहिबार देखि शनिबारसम्म सञ्चालन भएको तालिममा शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत ८ नम्बर वडामा रहेका ७ वटा विद्यालयका कक्षा १–३ मा अध्यापनरत १९ जना शिक्षकहरु सहभागी थिए ।
तालिममा एकीकृत पाठ्यक्रमको सैद्धान्तिक जानकारी, शिक्षण विधिका ८ वटा चरणहरु, बालमैत्री शिक्षण शिकाइ, म गर्छु, हामी गर्छौ र तिमी गर भन्ने विधिका बारेमा सहजकर्ता योगेन्द्र चापागाईं जानकारी गराउनु भएको थियो।
एकीकृत पाठ्यक्रमको क्रियाकलापमा आधारित भएर शिक्षण गर्नुपर्ने सहजकर्ता चापागाईंको भनाई छ ।
तालिम चाइल्डफन्ड जापानको आर्थिक तथा प्राविधिक सहयोगमा बेनिघाट रोराङ गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना सञ्चालन गर्दै आएको छ ।
आईतबारबाट वडा नम्बर ६ मा तीन दिन तालिम सञ्चालन हुने सेफ परियोजनाका प्रबन्धक सन्तोष सत्यालले बताउनुभयो।
कार्यक्रममा प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल ,अनुगमन समितिका संयोजक कपिलदेव सापकोटा ,परियोजनाका प्रबन्धक सन्तोष सत्याल, कालिका माध्यमिक विद्यालयका शिक्षकहरु लगायतको सहभागिता रहेको प्रयास नेपाल धादिङका रुपा कट्टेलले जानकारी दिनुभयो ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |