

काठमाण्डौ । नेपालमा १५ दिन अगाडि नै मनसुन भित्रिएको छ ।
गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र कोशी प्रदेशका धेरैजसो भागमा फैलिसकेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरदर भन्दा १५ दिन अगाडि नै मध्य जेठमै यसवर्षको मनसुन भित्रिएको हो।
सरदर भन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको हो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् यसवर्ष जेठ ३० गते हो । तर मध्य जेठमै मनसुन नेपाल प्रवेश गरेको हो ।
नेपालका अन्य भागमा मनसुनको प्रभाव विस्तार हुन अझै केहीदिन लाग्ने महाशाखाले जनाएको छ ।अहिले देशका बाँकी भागमा पश्चिमी र स्थानीय वायूको प्रभाव छ ।
यो वर्ष सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण छ । यस वर्षको मनसुनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
बङ्गालको खाडीबाट आएको हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन सामान्यतया मे ३१ तारिखमा भारतको केरला आइपुग्छ तर भारतको मौसम विभागका अनुसार दक्षिणी केरला राज्यमा सरदर एक हप्ताअगावै मनसुन भित्रिएको थियो ।
भारतमा औसत समयभन्दा अगावै मनसुन प्रवेश गरकाले नेपालमा पनि चाँडै मनसुन शुरु भएको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
मनसुन प्रवेशसँगै गर्मी केही घट्नेछ ।
मुख्यबाली धानसहित अन्य खेतीबालीका लागि मनसुन महत्त्वपूर्ण छ । तर यसवर्षको प्रक्षेपणअनुसार नेपालमा औसतभन्दा बढी वर्षा र उच्च गर्मीको सम्भावना छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |