Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

के हो धादिङ अस्पतालको विवाद ? (भिडियो सहित)

  • बागमती कलम
  • ९४९ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ श्रावण ८, बिहिबार (१0 महिना अघि)
के हो धादिङ अस्पतालको विवाद ? (भिडियो सहित)

धादिङ । पछिल्लो समय धादिङ अस्पतालको विषयमा सामाजिक संजाल तातिएको छ ।

अस्पताल संचालन तथा व्यवस्थापन समितिको बैठकको बिषयमा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटा र नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष प्रकाश कुमार श्रेष्ठ बिचको विमत्तिले सामाजिक संजाल तातिएको छ ।

कतिले वास्तविकता के हो नै नबुझी हावाको भरमा बोलिरहेका छन् त केहीले तर्कसंगत आफ्ना धारणा व्यक्त गरिरहेका छन् ।

वास्तवमा यहाँ सत्ता साझेदार दुई दल ‘नेपाली कांग्रेस र नेकपा एमाले’ बीच राजनीतिक दाउपेच प्रष्ट देखिएको छ ।

अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुत्नेदेखि कार्यालय सहयोगीले एक्सरे गर्नेसम्म, निःशुल्क औषधि र विमाको औषधिको चलखेलदेखि रेफरल अस्पतालको रुपमा स्थापित भएको भन्दै बारम्बार विवादमा आइरहेको अस्पताल अहिले विशेषज्ञसहितको सेवा प्रवाह गर्ने बनेको छ ।

तर अस्पतालले मारेको फड्को र अस्पतालको सुधार भन्दा नेतृत्व पंक्तिको राजनिति बहसले चर्चा बटुलेको छ ।

स्वास्थ्य क्षेत्रमा दलगत समीकरण, पदको दाबी र आरोप–प्रत्यारोपले ठूलो ठाउँ पाएको छ ।

मंगलबार बिहान बसेको धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिको बैठकले अस्पतालको सुधारका प्रयासहरू ओझेलमा परेका छन् नै सत्तासाझेदार दलहरूबीचको अविश्वास र आरोप पनि छर्लङ्ग देखिएको छ ।

मंगलबार बसेको बैठकमा नीलकण्ठ नगरपालिका– ८ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता प्रकाश कुमार श्रेष्ठले अस्पतालको बैठकमा भाग लिने क्रममा आफूलाई ‘आधिकारिक सदस्य नभएको’ भनी अपमान गरिएको गुनासो गर्दै उहाँ बैठकबाट बाहिरिनुभयो । बैठकबाट बाहिरिए लगतै श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेपछि विषयले उग्र रुप लिएको हो ।

वडाध्यक्ष श्रेष्ठले लेख्नुभएको फेसबुक स्टाटस

धादिङ अस्पताललाई नगरपालिकाले पत्र नपठाएको भएपनि विधि विधान र कानुनबाटै आफु सदस्य रहेको श्रेष्ठको दावी छ ।

उहाँले भन्नुभयो,‘स्वास्थ्य ऐनबाट उहाँ अध्यक्ष म सदस्य भएको हो । तर अध्यक्षले पदेन सदस्य हो आएपनि न आएपनि केही फरक पर्देन भनेको भएर मैले वास्तविकता के हो जानकारी चाहियो भनेको थिए तर ‘उहाँले मैले भनेको हो । अस्पतालमा के गरेको छ । आधिकारिक सदस्य पनि होइन भनेपछि म किन मिटिङमा बस्ने भनेर म निस्केको हो । मैले स्टाटस लेखेँ तर स्टाटसलाई आधार बनाएर कसले के ग¥यो मलाई थाहा छैन ।’

यता अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले ऐन र अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष परिवर्तनपछि नीलकण्ठ नगरपालिकाबाट श्रेष्ठ प्रतिनिधि हो भनेर लिखित रुपमा अस्पताललाई कुनै जानकारी वा पत्र नआएको बताउनुभयो ।

अस्पताललाई सुधार गर्ने एजेण्डा भन्दा राजनीति प्रतिशोध राखेर श्रेष्ठ उत्रिने गरेको सापकोटाको भनाई छ ।‘संस्थागत कुरा लिखित नै हुन्छ । म आएपछि नगरपालिकालाई पत्र पठाएको हो । तर नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले मौखिक रुपमा प्रकाश श्रेष्ठ आउँछ भनेका भरमा प्रकाश जी बैठकमा आइ रहनु भएको हो ।

नगरपालिकाले कुनै लिखित पत्र पठाएको छैन’, उहाँ भन्नुहुन्छ– ‘नगरपालिकाले अस्पताललाई व्यवस्थित गर्न सहकार्यका लागि प्रतिनिधि पठाएको हो । तर संधै फरक दलको हिसावले विवाद मात्रै गर्नुभयो । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा उहाँको राजनीति कदापी स्वीकार्य छैन ।’

धादिङ अस्पताललाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले नर्सिङ कलेज चलाउन छनोट गरेको तर अस्पताल आफ्नो नेतृत्वमा नभएको बेला नर्सिङ कलेज संचालन गर्न नदिने कांग्रेसको मनसाय रहेकोले कांग्रेसीहरु खनिएका अध्यक्ष सापकोटाको ठहर छ।

उहाँले भन्नुभयो,‘मंगलबार बिहान धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिको बैठक बोलाइएको थियो ।

बैठकको सुरुमा समितिका सदस्य सचिव एवं अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गगन अधिकारीले बैठकका एजेण्डा प्रस्तुत गर्नुभयो। त्यतिबेला नै नीलकण्ठ नगरपालिकाका कार्यपालिका सदस्य प्रकाश कुमार श्रेष्ठले विमत्ति जनाउनुभयो ।

व्यवस्थापन समितिका अध्यक्षले आफुलाई समितिको आधिकारिक सदस्य नभएको भन्ने अभिव्यक्ति दिएको र त्यो आफुलाई सैह्य नहुने भन्दै श्रेष्ठले बैठकबाट बाहिरएर फेसबुकमा स्टाटस लेख्नुभयो ।’ अहिले त्यहि स्टाटसको पक्ष र विपक्षमा समेत कमेन्टमै बहस चलिरहेको देख्न सकिन्छ ।

भिडियो……………

धादिङ अस्पतालमा वेथिति रहेको वडाध्यक्ष श्रेष्ठले दावी गर्नुभएको छ । तर वर्षौसम्म अस्पतालको सदस्य भइ रहेका श्रेष्ठ अस्पतालमा आवद्ध हुदासम्म सबै ठिक थितिमै थियो । तर अस्पतालको मिटिङबाट बाहिरिए लगत्तै सबै खत्तम बेथिति कसरी भयो ? अध्यक्ष सापकोटाले प्रश्न तेस्र्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेको नेतृत्व असफल बनाउने कांग्रेसको रणनीति हो । अस्पतालमा एमालेको नेतृत्व सफल भयो भने सदरमुकाममा एमालेको पकड बलियो हुने डरले यस्तो रणनीति अपनाएको हो ।’

अध्यक्ष सापकोटा नेकपा एमाले धादिङको सचिव हुनुहुन्छ भने श्रेष्ठ पनि स्वतन्त्रबाट उम्मेदवार बनेपनि कांग्रेस नेताको भरले वडा अध्यक्ष बन्नुभएको हो ।

हाल नेकपा एमाले र नेपाली कांग्रेस दुवै दल सरकारमा छन् । यो समयमा अस्पताललाई व्यवस्थित र सुधार गर्ने विषयको चर्चा हुनु पर्ने हो । तर व्यवस्थापन समिति र एउटा सदस्यको स्टाटसले सेवा सुधारका पक्ष छायाँमा परेको छ ।

नागरिकहरु पनि समर्थन र आलोचना गर्न व्यस्त देखिन्छन् । आफ्नो नैतिकता र ओहदा नै भुलेर स्टाटस र कमेन्ट लेख्नेहरुको पनि कमी छैन । तर साँच्चै अस्पताललाई मायाँ गर्नेहरु भने चिन्तामा परेका छन् ।

आफ्नै दलभित्रको गुटलाई सकाउन मरिमेटेर लाग्ने कांग्रेस र पार्टी नै फुटाउनसम्मपछि नपर्ने एमालेको राजनिति फरक दलमा प्रष्ट देखिएको सेवाग्राहीहरुको भनाई छ । उनीहरुले राजनितिको खेलले अस्पतालको सेवा प्रवाहमा प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

अस्पतालमा कार्यरत करार कर्मचारीहरूको म्याद सकिएपछि नयाँ कार्यसम्पादन मूल्यांकनका आधारमा मात्रै करार नवीकरण गर्ने प्रस्ताव पनि विवादको अर्को बुँदा बनेको छ ।

अस्पतालले काम नगर्ने कर्मचारीलाई हटाएर दक्ष जनशक्ति भित्र्याउने योजना बनाएको छ । जसले पूर्ववर्ती कांग्रेस र माओवादी समर्थक कर्मचारीहरूको स्थान गुम्ने डर उनीहरुमा देखिएको सापकोटाको दावी छ ।

सापकोटाले अस्पताल व्यवस्थापनको अध्यक्ष हुँदा पटक–पटक धम्की र दबाबको सामना गर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“२०८२ जेठ १२ गते, एक जना कर्मचारीको विषयमा विवाद हुँदा एउटा गाउँपालिकाका अध्यक्षले मेसुकै कार्यकक्षमा आएर हातपात गर्ने प्रयास भएको थियो,” ‘एउटा कर्मचारीलाई अल्कोहल खाएर हातपात गर्न आउने गाउँपालिकाका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसको कार्यकर्ताको त्यो दुव्र्यवहारलाई अस्पतालले कसरी हेर्ने ? उहाँले गरेको दुव्र्यवहार हामीसँग सिसिटिभि फुटेज छ । सत्ता साझेदार हो भनेर सधैं सही राख्नुपर्ने ? कांग्रेसको कार्यकर्ताको क्षमता विनाको भर्तीकेन्द्र बनाइ दिनुपर्ने । कदापी त्यो हुन सक्दैन, म सामाजिक काम गर्न आएको हुँ । अस्पतालको हित र सुधारको क्षेत्रमा मात्र निर्णय र काम हुन्छ ।’

नेपाली कांग्रेसले धादिङ अस्पताललाई नराम्रो देखाएर नीजि स्तरमा संचालित अस्पतालको प्रोत्साहन गर्न खोजेको सापकोटाले बताउनुभयो ।

‘कांग्रेस काम नगर्ने तर तलब खाने कर्मचारीको नविकरण गर्न चाहन्छ तर हामी अस्पताललाई दलको भर्ती केन्द्र बनाउँदैनौं, किनकी स्वास्थ्य संस्था संवेदनशिल क्षेत्र हो । अस्पताल हाम्रो जीवनसँग प्रत्यक्ष जोडिएको छ’ उहाँले भन्नुभयो ।

त्यस्तै, एमाले नेतृत्वको धादिङ अस्पताललाई असफल बनाउने रणनितिमा नेपाली कांग्रेस रहेको उहाँले दाबी गर्नुभयो । ‘सत्ता साझेदारको हिसावले सहयोग पाइएको छैन । अस्पताल सुधारका योजना भन्दा पनि राजनिति गर्छन् । अस्पताल नराम्रो हो भनि भ्रम छरिरहेका छन् । आफु भए सबै ठिक अरु सबै बेठिक भन्ने मानसिकताले संस्था र सामाजिक कार्य अघि बढ्न सक्दैन’ उहाँले भन्नुभयो ।– ‘अस्पतालमा सहज र सबै प्रकारका सेवा प्रवाह भइ रहेको छ भनेर अस्पतालको ढोका ढक्ढकाउनेहरुलाई निराश पारेर फर्काउदैनौं । राजनिति र समाजसेवा फरक चिज हो सबैले बुझ्न आवश्यक छ ।’

धादिङ अस्पताल राजनीतिक प्रतिस्पर्धा देखाउने अखडा बन्नुुहुन्न । अस्पतालमा भइरहेको सुधार र सेवाको स्तर उकास्नेतर्फ ध्यान जानुपर्ने बेला, नेताहरुको व्यक्तिगत अहं र दलगत स्वार्थको घेरामा संस्था पर्नु दुःखद छ ।

सत्तासाझेदारीको नाममा गरिने हस्तक्षेप र नेपाली कांग्रेसको राजनितिक स्वार्थ प्राथमिकता पर्नु आफैमा लज्जास्पद छ । स्वास्थ्य संस्थामा सुधारको मूल्यांकन सेवा लिने बिरामीले गर्छन्, न कि फेसबुक स्टाटस र कमेन्टको बहसले हुनसक्छ ।

राजनीतिक दलहरुले वास्तवमै सामाजिक उत्तरदायित्व निभाउन चाहन्छन् भने, उनीहरुले अस्पताललाई राजनीति–रहित बनाएर दक्ष व्यवस्थापन, प्रभावकारी सेवा र जनहितमुखी संरचनातर्फ केन्द्रित हुन आवश्यक छ ।

राजनीतिक रस्साकस्सीको बीचमा अस्पतालले थुप्रै सेवा सुधार भएको अध्यक्ष सापकोटा बताउनुहुन्छ ।

‘किड्नीका बिरामीका लागि सुरु गरेको हेमोडायलाइसिस सेवा धादिङका सबै विरामीले पाएका छन् । २५ भन्दा बढी विरामी डायलाइसिस गर्न कुरेका थिए । मेसिन थप गरि सबैलाई सेवा दिएका छौं । अन्य थुप्रै विशेषज्ञसहितका सेवा विस्तार गरिएका छन्। इण्डोस्कोपी सेवा सञ्चालन प्रक्रिया अगाडि बढिरहेको छ । बीमा काउण्टरलाई अलग राखेर सेवामा सहजता ल्याइएको छ। देशका ख्यातिप्राप्त चिकित्सकहरूमार्फत विशेषज्ञ सेवा प्रदान गरिएको छ ।’,उहाँले भन्नुभयो ।

पहिले भन्दा धेरै राम्रो र अस्पतालले निकै फड्को मारेको भन्दै अध्यक्ष सापकोटाले विवादका लागि विवाद र राजनिति प्रतिशोध राखेर अस्पतालको भ्रम फैलाइएकोले आफु आएपछि पहिला भन्दा काम नराम्रो भयो भनेर एउटा मात्र काम र प्रमाण ल्याए अध्यक्षबाटै राजिनामा दिन तयार रहेको अध्यक्ष सापकोटाको भनाई छ ।

नेपालमा नाम चलेका चिकित्सकहरुबाट विशेषज्ञ सेवा प्रदान गरिरहेको छ । तर आफु हुँदा सबै राम्रो आफु नहुँदा सबै नराम्रो भन्ने परिपाटी अस्पतालमा हावी भएकै कारण आम नागरिकमा भ्रम फैलाइएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको धादिङ अस्पताल प्रदेश स्तरको एक सय बेडको अस्पतालको सेवा दिइरहेको छ। अस्पताल जहाँ हरेक दिन करिव ५०० विरामीहरु आउँछन् । औषधी लिने र उपचार सेवा लिने गर्छन ।

वि.सं २०३३ मंसिर २६ गते धादिङ हेल्थ सेन्टरको रुपमा स्थापना भएको धादिङ अस्पताल वि.सं २०४५ सालमा १५ शैयया, वि.सं २०७६ मा ५० शैयया र वि.सं २०८० पौष ३ गते सय शैययामा स्तरोन्नति भएको थियो ।

२०५५ सालतिर जिल्ला अस्पतालको रुपमा रहेको धादिङ अस्पताल त्यतिखेर एक जना डाक्टर नहुँदा अहेवले सेवा दिन नसक्दा तत्कालिन गाविस अध्यक्ष नन्द प्रसाद रिजाल अध्यक्ष हुनुहुन्थ्यो ।

अहिले एक सय बेडको अस्पतालमा २६ जनाले हेमो डायलासिस सेवा लिइरहेका छन् ।

अस्पताल अझै निरन्तर सुधार र सेवा थप र विस्तार गरिनुपर्छ यसमा दुुईमत छैन ।

अस्पतालमा हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी, प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितको विशेषज्ञ ओपिडी सेवा प्रवाह गरिरहेको छ ।

अस्पतालमा अहिले बिशेषज्ञ चिकित्सक,मेडिकल अधिकृत,चिकित्सक र अन्य सेवाका गरी एक सय ५० भन्दा बढि कर्मचारी कार्यरत रहेका छन् ।

अस्पतालको जग्गा प्राप्ती प्रकृयामा रहेकोले आगामी वर्ष सुविधा सम्पन्न भवन बन्ने अस्पताल प्रशासनले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution