

काठमाण्डौ । सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन(जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानूनविद्हरू सहभागी छलफलमा सहमति जुटेको हो।
जेन-जीको माग अनुसार संसद् विघटन गरी पूर्वप्रधानन्यायाधीश समेत रहनुभएका कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति जुटेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो ।
आजै राति ९ बजे पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुहुने छ ।
शपथलगत्तै मन्त्रिपरिषद् गठन हुने भएको छ ।
जेन-जी आन्दोलन चर्केपछि गएको मङ्गलवार केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |