

धादिङ । धादिङको धुनिवेशी नगरपालिका-६ धार्केबाट करिब २ किलो ४५ ग्राम अवैध लागूऔषध पोल्याण्ड र नगद ४० हजार ४ सय ६५ रूपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बाघबैले बस्ने २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राज कुमार लोप्चन रहेका छन् ।
इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले शनिबार दिउँसो बा-प्र-०२-०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध र २ थान मोवाइल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |