

काठमाण्डौ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले आज इरानसँग खेल्दैछ । खेल बेलुका सवा ६ बजे भारतको शिलोङमा रहेको जवाहरलाल नेहरु रङ्गशालामा शुरू हुनेछ ।
इरान र भारतसँगको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अस्ति बुधवार भारत प्रस्थान गरेको हो । नेपालले यहि कात्तिक १० गते भारतसँग खेल्नेछ ।
यो खेल पनि शिलोङको जवाहरलाल नेहरु रङ्गशालामा नै हुनेछ ।
त्यसपछि नेपालले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने एन्फाले जनाएको छ । यो खेल फिफा विन्डो अन्तर्गत नभएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।
फिफा वरीयतामा नेपाल ८९औं स्थानमा छ । यस्तै भारत ६३ औं र इरान ७०औं स्थानमा छ । तस्वीर : एन्फा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |