

काठमाण्डौ । सोलुखुम्बुको भिरकुनामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
हिजो बेलुका बाग्मती प्रदेश–०१–०३१–च–५९२५ नम्बरको जीप माप्यदूधकोशी गाउँपालिका–६ भिरकुनामा दुर्घटनामा भएको हो ।
मृत्यु हुनेमा महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र त्यहि ठाउँकी २० वर्षीया शान्ति राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् इन्सपेक्टर लोकबहादुर दियालीले जानकारी दिनुभयो ।
मृतक एक जना एक किशोरीको पहिचान नखुलेको इन्सपेक्टर दियालीले जानकारी दिनुभयो ।
दुर्घटनामा चालक श्रीध्वज राईसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । दुई जना उपचारपछि घर फर्किएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |