

धादिङ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको अहिले अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेकाले यो अवस्थाबाट देशलाई पार लगाउन निर्वाचन नै उत्तम विकल्प भएको बताउनुभएको छ।
बुधबार धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको र संविधानलाई सही ट्र्याकमा फर्काउनका लागि सरकार निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।
प्रचण्डले भन्नुभयो, निर्वाचन हुन्छ, निर्वाचन हुनै पर्छ । सम्सद पुनस्थापना विकल्प हो तर अहिले अवस्थामा निर्वाचन उत्तम विकल्प हो।
प्रचण्डले आफुलाई प्रधानमन्त्री बन्ने रुचि नरहेको भन्दै जनताको सेवकको रूपमा सधैं काम गर्ने इच्छा आफूमा रहेको बताउनुभयो ।‘
उहाँले भन्नुभयो-मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन । प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन । तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन ।’
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिर गर्दै आफूले राम्रो काम गर्न खोज्दा खोज्दै सङ्ख्याको बलमा आफूलाई सरकारबाट हटाइएको बताउनुभयो ।
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको कारणले जेनजी विद्रोह भएको भन्दै जेनजीले उठाएको माग जायज रहेको उहाँको भनाइ थियो ।
यस्तै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आफू प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै बैठक बसेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले अब बुढिगण्डकी बनाउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया विवेकको घेरो फाटेको टोपि र कछाड, चोलो र फरिया लाउन सक्ने, दुइछाक खान पुग्ने अवस्थामा गाउँ पालिकाबासीलाइ पुर्याउन लागिरहेको बताउनुभयो ।
अध्यक्ष थपलियाले एक वडा एक आवासिय विद्यालय बनाउदै पचास वर्षपछिको लागि सपना देखेर विकास र समृद्धिका लागि काम गरेको बताउनुभयो ।
२०७७ जेठ ३० गते तत्कालीन संघीय सांसद भूमिप्रसाद त्रिपाठी र तत्कालीन अध्यक्ष पित्तबहादुर डल्लाकोटीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको उक्त भवन करिब १४ करोड रुपैयाँ लागतमा ३८ कोठाको भव्य भवन निर्माण सम्पन्न भएको हो ।
कार्यक्रमको थप तस्विरको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/1CcvS95eYj/
कार्यक्रमको भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/v/1DQAX7ncqb/
https://www.facebook.com/share/v/1AaBZDcrFQ/





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |